
काठमाडौं — चार थान पेस्तोल र ५८ राउण्ड गोली विष्णुमती खोला किनारबाट बरामद भएको छ।
काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा आइतबार बिहान सरसफाइ गर्ने क्रममा उक्त हातहतियार फेला परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार घटनास्थलबाट चार थान पेस्तोल, ५८ राउण्ड गोली तथा सात थान म्यागजिन बरामद गरिएको छ।

बरामद भएका पेस्तोलमध्ये टाइप–५४ मोडेलका रहेका छन् भने ९ एमएम बेरेटा पेस्तोलमा प्रयोग हुने गोलीसमेत भेटिएको प्रहरीले जनाएको छ।
महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले फोहोर हटाउने क्रममा उक्त सामग्री फेला पारेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।



