काठमाडौं — सम्माननीय सभामुख डोल प्रसाद अर्यालले बुढिगण्डगी जलविधुत आयोजना निर्माणलाई समयसीमा तोकेर तीव्र रूपमा अघि बढाउन निर्देशन दिनुभएको छ।

बिहीबार आफ्नै कार्यकक्षमा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ तथा आयोजना प्रमुख कार्यकारी अधिकृत अरूण रजौरिया सँग छलफल गर्दै सभामुख अर्यालले परियोजनालाई अब थप ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “यो राष्ट्रिय गौरवको परियोजना हो। यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवर्द्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो। त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन।”

सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिँदै स्पष्ट कार्यतालिका तयार गर्न आग्रह गर्नुभयो। “कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,” उहाँले भन्नुभयो।

छलफलका क्रममा ऊर्जा मन्त्री श्रेष्ठले पनि आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय