
कैलाली । गोदावरी नगरपालिका–२ क्षेत्रबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही नगरपालिका–१ बस्ने २८ वर्षीय रबिन्द्र ओली रहेका छन्। उनलाई मंगलबार बिहान ४ सय १० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।



