
काठमाडौं ।कोटेश्वरस्थित सार्वजनिक बसमा पकेटमारी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। आइतबार बिहान करिब ६ बजे प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची निवासी मानबहादुर तामाङ र लिसंखुपाखरका निमा लामालाई पक्राउ गरेको हो।
उनीहरूले बसमा सवार निरोध पासवानको २० हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ। चोरी गरेको रकमसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।




