काठमाडौँ । राइड सेयरिङ एप ‘याङ्गो’मा आबद्ध एक चालक यात्रुलाई अपशब्द प्रयोग गर्दै गालीगलौच गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४३ वर्षीय कुमार श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार श्रेष्ठले यात्रु जिनिसा कार्कीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि काठमाडौं परिसर, भद्रकालीमा बुझाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय