बर्दिबास, महोत्तरी — लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासले आइतबार विशेष सूचनाको आधारमा ९०० पिस प्रतिबन्धित लागुऔषधसहित दीप नारायण साह लाई पक्राउ गरेको छ।

ब्युरोका प्र.ना.नि. सरोज कुमार अधिकारी र ई.प्र.का भिमानसहितको संयुक्त ट्राफिक टोलीले जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६५१३ नम्बरको EV हाईसमा साहलाई नियन्त्रणमा लिएको हो। उनको साथमा बोकेको कालो झोलाभित्र तीनवटा पोकोमा लुकाइराखेको Buprenorphine injection ३०० पिस, Diazepam injection ३०० पिस, Promethazine injection ३०० पिस बरामद भएको छ।

साथै, आजै १७ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित १९ वर्षीय डेविट थापा मगर पनि बर्दिबास शाखाले पक्राउ गरेको छ।

छुटा छुटै ठॅाउबाट पक्राउ परेका दुबै जनालाई तत्काल इलाका प्रहरी कार्यालय भिमान, सिन्धुली मा बुझाएर आवश्यक कानूनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

बर्दिबास शाखाको टोली हरेक दिनजसो लागुऔषध नियन्त्रणसम्बन्धी सफल कार्य गर्दै आएको छ र यस प्रकारका समाचारहरू नियमित रूपमा सार्वजनिक भइरहेका छन्। स्थानियले यस अभियानको प्रभाव र सतर्कताप्रति सराहना समेत व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय