चितवन – चितवनको रत्ननगर नगरपालिका–४ मा बस्दै आएकी ६३ वर्षीया सुकमाया देवी तामाङको हत्या प्रकरणमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बाराजितपुर सिमरा उपमहानगरपालिका–२२ का ४६ वर्षीय ‘मोटे’ भन्ने शुक्रबहादुर भोलन, सोही स्थानका ४२ वर्षीय सूर्यमान वाइवा, धादिङको थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका–८ स्थायी घर भई हाल चितवन रत्ननगर नगरपालिका–४ को सिनेमा रोडमा बस्दै आएका ३१ वर्षीय ‘मिलन’ भन्ने कौबहादुर गुरुङ तथा मकवानपुर थाहा नगरपालिका–१२ का ४७ वर्षीय हिराबहादुर स्याङ्तान रहेका छन्।

पक्राउ परेका अभियुक्तहरूलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गत पुस २६ गते सुकमाया देवी तामाङ आफ्नै घरभित्र हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारी संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय