
काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउका क्रममा परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको जनाएको छ ।
रातिको समयमा विभिन्न व्यक्तिलाई पछ्याएर गहना, नगदलगायतका सामान लुटिएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति विशेष अपरेसनसहित परिचालित भएको थियो । सोही क्रममा लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए ।

एसएसपी थापाका अनुसार पक्राउका क्रममा संदिग्धहरूले प्रतिरोध गरेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीलाई गोली चलाउनुपरेको हो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।



