विराटनगर, माघ ०६ — कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापालाई २०८२ साल पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषणा गरेको छ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र जिम्मेवारीका साथ उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा थापालाई उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक थापाले २०८२ साल असोज २६ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा भएको एक लुटपाट तथा हत्या घटनाको सफल अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सो घटनामा संलग्न समूहले नगद तथा सुनका गरगहना लुटेर फरार भएका थिए।

त्यसैगरी, २०८२ साल पुस १५ गते ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ मा किराना पसल सञ्चालक दम्पतिको हत्या तथा लुटपाट सम्बन्धी घटनाको अनुसन्धानमा पनि थापाले नेतृत्वदायी भूमिका खेल्दै संलग्न चार जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका थिए।

उक्त घटनाहरूको प्रभावकारी अनुसन्धान, अपराध नियन्त्रण तथा नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै उनलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय