
गोरखा । गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रकाशचन्द्र परियारको सवारी साधनमा तोडफोड भएको छ।
परियार चढेको गाडीको सिसा फुटेको अवस्थामा फेला परेको भए पनि कसले र किन तोडफोड गरेको हो भन्ने विषयमा हालसम्म एकिन हुन सकेको छैन। घटनापछि प्रहरीलाई जानकारी गराइएको छ।

प्रहरीका अनुसार गाडीको सिसा फुट्नुको कारण र घटनामा संलग्न व्यक्ति पहिचान गर्न अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



