काठमाडौं । २०३३ सालमा कीर्तिपुर हालको वडा नं. ४ मा जन्मिनु भएका वरिष्ठ समाजसेवी  राजकुमार केसी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी फागुनमा हुने संघीय निर्वाचनका लागि उम्मेदवारी दिनु हुने भएको छ।

लामो समयदेखि सामाजिक सेवा, खेलकुद तथा सरकारी निकायहरूमार्फत योगदान दिँदै आएका केसी नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय सदस्यसमेत रहनु भएको थियो। उहाँले २०५२ सालदेखि २०५९ सालसम्म राप्ती अञ्चल प्रमुख कराते प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै युवालाई अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा प्रेरित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।

त्यसका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत केन्द्रीय अनुगमन समितिको सदस्य तथा प्रतिस्पर्धा बजार अनुगमन तथा संरक्षण बोर्डको केन्द्रीय सदस्यका रूपमा रहेर उपभोक्ता हित संरक्षण, बजार अनुशासन र सुशासनका क्षेत्रमा सक्रिय योगदान पुर्‍याउनु भएको छ।

सामाजिक उत्तरदायित्व, पारदर्शिता र नीतिगत सुधारमा स्पष्ट दृष्टिकोण राख्ने केसीलाई योग्य, सक्षम र युवा व्यक्तित्वका रूपमा काठमाडौं क्षेत्र नं. १० मा सबैले रुचाएका उम्मेदवारका रूपमा हेरिएको छ। स्थानीय स्तरदेखि केन्द्रीय तहसम्मको अनुभव, खेलकुदमार्फत युवासँगको गहिरो सम्बन्ध र सामाजिक सेवाप्रतिको प्रतिबद्धताले उहाँको उम्मेदवारीलाई अर्थपूर्ण बनाएको विश्लेषण गरिएको छ।

आगामी निर्वाचनमा नयाँ राजनीतिक संस्कार र जिम्मेवार नेतृत्व स्थापित गर्ने उद्देश्यसहित मैदानमा उत्रिएका केसीको उम्मेदवारीले काठमाडौं–१० मा राजनीतिक चासो थप बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय