
नवलपरासी । गर्भपतन मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक जना कसुरदार ३४ वर्षपछि पक्राउ परेका छन्।
सम्मानित नवलपरासी जिल्ला अदालत नवलपरासी (ब.सु.प.) ले मिति २०४८।१०।०६ गते गरेको फैसलाअनुसार गर्भपतन मुद्दामा २।०।० (दुई) वर्ष कैद सजाय भई हालसम्म फरार रहेका जिल्ला नवलपरासी (पश्चिम) सुनवल नगरपालिका वडा नं. ६ निवासी ६९ वर्षका कुलप्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय परासी नवलपरासी (ब.सु.प.) मातहत इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८२।०९।१३ गते निजलाई आफ्नै घर वतनबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ढकाललाई फैसला कार्यान्वयनका लागि सम्मानित नवलपरासी जिल्ला अदालत नवलपरासी (पश्चिम) मा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयलका सुचना अधिकारी प्रहरी निरिक्षक सुशिल घिमिरेले जनाएका छन् ।



