
कैलाली । इलाका प्रहरी कार्यालय सुखडका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थी २०८२ मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार संगठनले सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिकता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ निर्वाह गर्दै सांगठनिक उद्देश्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याएको मूल्याङ्कनका आधारमा डीएसपी अवस्थीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

डीएसपी अवस्थीले आफ्नो कार्यकालमा मातहतका प्रहरी जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्दै फरार प्रतिवादी पक्राउ, जेल ब्रेक गरी फरार रहेका कैदीबन्दी नियन्त्रण, नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण, अवैध कवाड संकलनमा संलग्न सवारी साधन नियन्त्रण गरी राजस्व संकलन, जघन्य तथा असिमित मुद्दा फर्छ्यौट, अवैध लागूऔषध नियन्त्रण, अवैध काठ बरामदलगायतका उल्लेखनीय कार्यहरू सम्पन्न गरेका छन्।
उल्लेखित उपलब्धिहरूका कारण डीएसपी अवस्थी जिल्लामै उत्कृष्ट प्रहरी अफिसरका रूपमा स्थापित हुन सफल भएका छन्।



