काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई “Police of The Month” उपाधिसहित प्रशंसा–पत्र प्रदान गरेको छ। नयाँ बसपार्कस्थित प्रहरी प्रभाग गोंगबुमा कार्यरत श्रेष्ठलाई अपराध अनुसन्धान, प्रहरी कारबाही तथा नागरिक सुरक्षामा देखाएको उत्कृष्ट योगदानका आधारमा सम्मान गरिएको हो।

प्रहरी संगठनले तोकेको जिम्मेवारी इमानदारपूर्वक, लगनशील र प्रभावकारी ढंगले वहन गर्दै आम नागरिकबीच सुरक्षाको अनुभूति गराउन श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेको परिसरले जनाएको छ।

उहाँले पालना गरेको उच्च कर्तव्यनिष्ठा र अनुसन्धान क्षमताले संगठनको प्रतिष्ठा तथा सार्वजनिक विश्वास वृद्धि गर्न मद्दत पुगेको प्रशंसा–पत्रमा उल्लेख गरिएको छ।

२०८२ साल कार्तिक महिनाका लागि “Police of The Month” को रूपमा चयन भएका निरीक्षक श्रेष्ठलाई परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले सम्मान गरेका हुन्।

परिसरका अनुसार आगामी दिनमा काठमाडौं उपत्यकाको अपराध नियन्त्रण, अनुसन्धान र शान्ति–सुरक्षा व्यवस्थापनमा समेत श्रेष्ठको योगदान निर्णायक हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय