काठमाडौं । तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकता नक्कली भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

प्रहरी परिसर काठमाडौंले आइतबार नागरिकतामा नाम उल्लेख गरिएका बुबा भनिएका व्यक्तिलाई कार्यालयमा उपस्थित गराई तेन्जिनसँग सामना गराएको थियो। तर दुवैजनाले एकअर्कालाई नचिन्ने बताएपछि नागरिकता जालसाजी भएको प्रमाण प्रहरीले पाएको हो।

तेन्जिनको नागरिकतामा हजुरबुवाको नाम तेन्जिङ लामा र बुबाको नाम कृष्णबहादुर लामा उल्लेख गरिएको छ। उनले काठमाडौं महानगरपालिका–६ को ठेगानासहितको जन्मदर्ता र नागरिकता पेश गरेका थिए। तर वडा कार्यालयले ती विवरण नपाएको पुष्टि गरेपछि प्रहरीले ती कागजात नक्कली भएको निष्कर्ष निकालेको छ।

यसअघि अभद्र व्यवहारको मुद्दामा अनुसन्धानमा रहेका तेन्जिनमाथि अहिले लागुऔषध सेवन र लिखत कीर्तेको मुद्दा थपिएको प्रहरीले जनाएको छ। उनको कोठाबाट प्रहरीले गाँजा बरामद गरेको दाबी गरेको छ।

प्रहरीका अनुसार, हालैको जेन–जी आन्दोलनलाई हिंसात्मक बनाउन टीओबी समूहको पनि संलग्नता देखिएको छ। सो समूहका सदस्यहरू निषेधित क्षेत्र तोड्दै मोटरसाइकलसहित सडकमा उत्रिएको भिडियो पनि सार्वजनिक भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय