
काठमाडौँ — नेपाली सेनाले जेनजी आन्दोलनपछिका घटनाक्रमका सन्दर्भमा तीन जना उच्च सैनिक अधिकारीमाथि छानबिन सुरु गरेको छ।
सैनिक मुख्यालयका एक अधिकारीका अनुसार सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का सहित तीन जना उच्च सैनिक अधिकारीलाई छानबिनको दायरामा ल्याइएको हो।

छानबिनमा परेकामध्ये अन्य दुई अधिकारीमा सिन्धुलीस्थित भवानीबक्स गणका तेजेन्द्र मगर र धनगढीको सैनिक स्कूल, तेघरी ब्यारेकका शिव भडेल रहेका छन्। उनीहरूमाथि गत असोज ३१ गतेदेखि औपचारिक रूपमा छानबिन प्रक्रिया सुरु भएको बताइएको छ।
सैनिक मुख्यालयका अनुसार तीनै जना अधिकारीलाई छानबिनका लागि हाल हेडक्वार्टर तानिएको छ।



