काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक अच्युत गिरीलाई अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदानका लागि ‘उत्कृष्ट अपराध अनुसन्धानकर्ता’ घोषित गरिएको छ।

७० औं प्रहरी दिवस २०८२ को अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले निरीक्षक गिरीलाई सम्मानपत्र प्रदान गरेका हुन्।

गिरी हाल इलाका प्रहरी कार्यालय मैनापोखरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न जाँदै छन्। उनी लामो समयदेखि अपराध अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै आएका दक्ष, अनुशासित र निष्ठावान प्रहरी अधिकृतका रूपमा परिचित छन्।

उनीले विगतमा विभिन्न जटिल र संवेदनशील आपराधिक घटनाको सफल अनुसन्धान गरी अपराधीहरूलाई कानुनी दायरामा ल्याउने उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। सहकर्मीहरूका अनुसार, निरीक्षक गिरीले आफ्नो व्यावसायिक इमानदारी, अनुसन्धानको सूक्ष्म दृष्टिकोण र तथ्यसंगत कार्यशैलीका कारण प्रहरी संगठनभित्र विशेष पहिचान बनाउन सफल भएका छन्।

प्रहरी संगठनले अपराध नियन्त्रण र अनुसन्धान क्षेत्रमा समर्पणपूर्वक काम गर्ने प्रहरी अधिकृतहरूको मनोबल उच्च बनाउन यस्ता पुरस्कार र कदरपत्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय