काठमाण्डौं—: नेपाल प्रहरीमा आफ्नो पेशागत मर्यादा र जिम्मेवारी प्रति उच्च प्रतिबद्धता देखाउँदै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी निरीक्षक बिजय चौहानलाई लागू औषध अपराध अनुसन्धानमा उल्लेखनीय योगदानका लागि “७० औं प्रहरी दिवस २०८२” को अवसरमा उत्कृष्ट लागू औषध अपराध अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ।

यो सम्मान कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की द्वारा प्रदान गरिएको हो। बिजय चौहान हाल झापा जिल्लामा कार्यरत छन् र आफ्नो व्यावसायिक दक्षता, लगनशीलता र उच्च अनुशासनको माध्यमबाट लागू औषधसम्बन्धी अपराध अनुसन्धानमा निरन्तर उत्कृष्टता देखाउँदै आएका छन्।

उनको नेतृत्वमा झापामा विभिन्न लागू औषधसम्बन्धी मुद्दाहरू छिटो र प्रभावकारी रूपमा समाधान भएका छन्। प्रहरी निरीक्षक चौहानलाई सहकर्मीहरू र वरिष्ठ अधिकारीहरूले लगनशील, अनुशासित र काबिल प्रहरीकर्मीको रूपमा पनि चिन्ने गर्दछन्।

कोशी प्रदेश प्रहरी कार्यालयले यस प्रकारको सम्मान र कदरले प्रहरीकर्मीहरूको मनोबल बढाउने र देशमा शान्ति, सुरक्षा र न्याय प्रवर्द्धनमा योगदान थप्ने विश्वास व्यक्त गरेको छ। प्रहरी निरीक्षक बिजय चौहानको यो सफलता अन्य प्रहरीकर्मीहरूका लागि पनि प्रेरणादायक बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय