काठमाडौं । नेपाल प्रहरीमा यस वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीलाई प्रदान गरिएको छ।

७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले डिएसपी भण्डारीलाई पुरस्कार प्रदान गरेका हुन्।

लामो समयदेखि विभिन्न हाइप्रोफाइल अपराध घटनाको अनुसन्धानमा संलग्न डिएसपी भण्डारी आफ्नो दक्षता, निष्ठा र नेतृत्व क्षमताका कारण प्रहरी संगठनभित्र उत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा परिचित छन्।

उक्त कार्यक्रममा पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत डिएसपी भोला भट्टलाई प्रदान गरिएको छ भने, योगेन्द्र स्मृती साहसिक पुरस्कार डिल्लीबजार कारागारमा कार्यरत इन्सपेक्टर दुर्गा राईलाई दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय