
नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी कर्मचारीहरुलाई जनतालाई निष्पक्ष, इमानदार र संवेदनशील सेवाप्रवाहमा निर्देशितगरेका छन्। कोशी प्रदेशका विभिन्न प्रहरी कार्यालय र चौकीहरूको निरीक्षण भ्रमणका क्रममा उनले प्रहरी संगठनको आचरणमा सुधारल्याउँदै नागरिकको विश्वास जित्नु नै सबैभन्दा ठूलो उपलब्धि भएको बताए।
आईजिपी खापुङले विशेष गरी जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी संरचनाहरूको पुनर्निर्माणमा प्रधान कार्यालयको सहयोगकालागि आश्वासन दिएका थिए। उनले प्रहरीलाई आन्तरिक भाइचाराको भावना बलियो बनाउन र कानूनी दायरामा अपराधिकगतिविधिहरूलाई ल्याउन कटिबद्ध रहने आह्वान पनि गरे।

यस कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीले महानिरीक्षक खापुङका निर्देशनहरूले सम्पूर्ण प्रहरीको मनोबल उच्चबनाएको र आदेश–निर्देशहरूको अक्षरस पालनामा प्रतिबद्धता जनाए।
कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेलले भने, “आईजिपी खापुङको निर्देशनले प्रहरी संगठनमा नयाँ ऊर्जा भरेको छ रयसले प्रहरी–नागरिकबीचको सम्बन्धलाई अझ घनिष्ट बनाउने अपेक्षा गरिएको छ।“
यसैबीच, इमानदारी र न्यायिक सेवामा सुधार ल्याउने दृष्टिकोणले नेपाल प्रहरीको कार्यशैलीलाई अझ सुधार गर्न मद्दत पुर्याउने छ।



