काठमाडौं । जेनजी आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल पुनः उच्च बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले फरक ढंगको अभियान सञ्चालन गरेका छन्।

उनको नेतृत्वमा आज ‘रिफ्रेसमेन्ट डे’ कार्यक्रम अन्तर्गत बानेश्वरस्थित आइपीएस महलमा ७२ जना ट्राफिक प्रहरी कर्मचारीलाई ‘माइतीघर’ फिल्म हेर्ने अवसर प्रदान गरिएको हो।

एसएसपी अधिकारीका अनुसार निरन्तर तनाव, धपेडी र विभिन्न प्रकारका दबाबबीच काम गर्नुपर्ने ट्राफिक प्रहरीका लागि मानसिक विश्राम अत्यावश्यक भएकाले यस्तो कार्यक्रम सुरु गरिएको हो।

“प्रहरी कर्मचारीहरू निरन्तर सडकमा खटिँदा मानसिक रूपमा थकाइ र तनाव महसुस गर्छन्। यस्तो मनोरञ्जनात्मक क्रियाकलापले उनीहरूको मनोबल बढाउँछ र कामप्रतिको ऊर्जा पुनः जगाउँछ,” अधिकारीले बताए।

उनका अनुसार आगामी दिनमा पनि यस्ता ‘रिफ्रेसमेन्ट डे’ कार्यक्रमलाई निरन्तरता दिइनेछ, जसले संगठनभित्र सकारात्मक सोच, सहकार्य र आत्मविश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय