काठमाडौं गृहसचिव रामेश्वर दङ्गाले सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयको निरीक्षण भ्रमण गरेका छन्।

शुक्रबार, सशस्त्र प्रहरीको मुख्यालय स्वयम्भु, काठमाडौंमा भ्रमण गर्ने क्रममा गृहसचिव दङ्गाललाई सशस्त्र प्रहरीका आईजीपी राजुअर्यालले स्वागत गरेका थिए। यस भ्रमणका क्रममा गृहसचिव दङ्गालले सशस्त्र प्रहरीको सुरक्षा कार्य, समन्वय, आपतकालीनतयारीहरूको बारेमा जानकारी लिएका छन्।

आईजीपी अर्यालले सशस्त्र प्रहरीको कर्तव्य निर्वाह, प्राकृतिक प्रकोपमा उद्धार कार्य, शान्ति सुरक्षा कायम राख्ने, सिमानामा तस्करीनियन्त्रणको बारेमा गृहसचिवलाई विस्तृत जानकारी दिएका छन्।

गृहसचिव दङ्गालले सशस्त्र प्रहरीको बहुआयामिक भूमिकाको प्रशंसा गर्दै, आफ्नो कार्यकालमा आवश्यक सहयोग प्रदान गर्नका लागि सधैंतयार रहेको विश्वास दिलाएका छन्।

सशस्त्र प्रहरीको मुख्यालयको यस भ्रमणले सुरक्षा प्रणालीको मजबुतिकरण समग्र राष्ट्रको सुरक्षा संरचनामा सुधार ल्याउन महत्वपूर्णयोगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय