
काठमाडौं, २३ असोज । सशस्त्र प्रहरीकी इन्सपेक्टर डा. महिमा सिटौला बिदा स्वीकृत नगरी लामो समयदेखि अनुपस्थित रहेकी कारण गृह मन्त्रालयले उनलाई सेवाबाट बर्खास्त गर्ने तयारी गरेको छ।
गृह मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार, डा. सिटौलालाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी’ बर्खास्त गर्ने प्रक्रिया अघि बढाइएको हो। मन्त्रालयले उनलाई सात दिनभित्र आफ्नो पक्षमा कारण पेश गर्न समय दिएको छ।

डा. सिटौला साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको र बिदा स्वीकृत नगरी गैरहाजिर भएको पाइएको छ। सोही कारण मन्त्रालयले कानूनी प्रक्रिया अनुसार कारबाही अघि बढाएको हो।
स्रोतका अनुसार, बर्खास्ती सम्बन्धी अन्तिम निर्णय कारण बताउने समयसीमा समाप्त भएपछि गृह मन्त्रालयले गर्नेछ।



