काठमाडौं । काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले तिनकुने प्रहरी वृत्त क्षेत्रमा पर्ने सामाजिक संघ–संस्थाका अगुवा, टोलवासी तथा नयाँ बानेश्वर प्रहरी वृत्तका प्रहरी कर्मचारीहरूसँगको भेटमा जनता र प्रहरी मिलेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

तिनकुने प्रहरी वृत्त भवन पुनःस्थापना समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै एसएसपी थापाले जनता, समाज र प्रहरीबीच सहकार्यको कुनै विकल्प नभएको उल्लेख गरे। उनले प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा चुनौतीपूर्ण अवस्थासँग सामना गर्न प्रहरी कर्मचारीको मनोबल उच्च राख्नुपर्नेमा पनि जोड दिए।

केही दिनअघि मात्र काठमाडौं प्रहरी परिसरमा हाजिर भएका थापाले काठमाडौं प्रहरीको मनोबल उच्च राखी शान्ति–सुरक्षाको सवालमा कुनै किसिमको सम्झौता नगरिने स्पष्ट संकेत पनि दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय