
सुरक्षा सरोकार — नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । तर, २००७ सालको क्रान्तिपछि नै प्रहरी इकाईलाई संगठित बनाउन १९५१ (वि.सं. २००७ चैत) मा प्रहरी प्रधान कार्यालय स्थापना गरिएको थियो ।
त्यतिबेलादेखि हालसम्म ३२ जनाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालेका छन् । पहिलोदेखि ३२ औँसम्मका महानिरीक्षकहरूको फेहरिस्त यसप्रकार छ :

१. तोरण शमशेर जबरा — पहिलो महानिरीक्षक (२००७ चैत), ३ दिनमै पदच्युत।
२. नर शमशेर जबरा — दोस्रो महानिरीक्षक (२००७ चैत–२०१० मङ्सिर)।
३. ज्ञानबहादुर याक्थुम्बा — तेस्रो महानिरीक्षक (२०१० माघ–२०१२ भदौ)।
४. गोपाल शमशेर जबरा — चौथो महानिरीक्षक (२०१२ भदौ–२०१३ साउन)।
५. पूर्ण सिंह खवास — पाँचौं महानिरीक्षक (२०१३ साउन–२०१४ भदौ)।
६. ढुण्डिराज शर्मा — छैटौं महानिरीक्षक (२०१४ भदौ–२०१८ पुस)।
७. पहल सिंह लामा — सातौं महानिरीक्षक (२०१८ पुस–२०२३ असार)।
८. रोम बहादुर थापा — आठौं महानिरीक्षक (२०२३ असार–२०२९ असार), मगर समुदायबाट पहिलो।
९. खड्गजित बराल — नवौं महानिरीक्षक (२०२९ असार–२०३५ जेठ)।
१०. दुर्लभ कुमार थापा — दशौं महानिरीक्षक (२०३५ साउन–२०३९ जेठ), कमाण्डो तालिम र पर्यटक प्रहरी सुरुवात।
११. दिलबहादुर लामा — ११ औं महानिरीक्षक (२०३९ असार–२०४३ जेठ), महिला ट्राफिक प्रहरी सुरुवात।
१२. हेमबहादुर सिंह — १२ औं महानिरीक्षक (२०४३ असार–२०४७ जेठ)।
१३. रत्नशमशेर जबरा — १३ औं महानिरीक्षक (२०४७ असार–२०४९ फागुन)।
१४. मोतिलाल बोहरा — १४ औं महानिरीक्षक (२०४९–२०५३ माघ)।
१५. धुव्रबहादुर प्रधान — १५ औं महानिरीक्षक (२०५३–२०५४ मंसिर), हाल सांसद।
१६. अच्युतकृष्ण खरेल — १६ औं महानिरीक्षक (२०५३ फागुन–२०५७ असोज)।
१७. प्रदीप शमशेर जबरा — १७ औं महानिरीक्षक (२०५७ असोज–२०५९ पुस)।
१८. श्यामभक्त थापा — १८ औं महानिरीक्षक (२०५९ पुस–२०६३ भदौ)।
१९. ओम विक्रम राणा — १९ औं महानिरीक्षक (२०६३–२०६५ भदौ)।
२०. हेमबहादुर गुरुङ — २० औं महानिरीक्षक (२०६५ असोज–२०६५ फागुन)।
२१. रमेश चन्द ठकुरी — २१ औं महानिरीक्षक (२०६५ फागुन–२०६८ जेठ)।
२२. रविन्द्र प्रताप शाह — २२ औं महानिरीक्षक (२०६८ जेठ–२०६९ भदौ)।
23. कुवेर सिंह राणा — २३ औं महानिरीक्षक (२०६९ भदौ–२०७० मङ्सिर)।
२४. उपेन्द्र कान्त अर्याल — २४ औं महानिरीक्षक (२०७० मङ्सिर–२०७३ फागुन)।
२५. प्रकाश अर्याल — २५ औं महानिरीक्षक (२०७३ चैत–२०७४ चैत)।
२६. सर्वेन्द्र खनाल — २६ औं महानिरीक्षक (२०७४ चैत–२०७६ माघ), हाल राजनीतिमा सक्रिय।
२७. ठाकुर प्रसाद ज्ञवाली — २७ औं महानिरीक्षक (२०७६ माघ–२०७७ असार)।
२८. शैलेश थापा क्षेत्री — २८ औं महानिरीक्षक (२०७७ असार–२०७९ वैशाख)।
२९. धीरज प्रताप सिंह — २९ औं महानिरीक्षक (२०७९ वैशाख–२०७९ चैत)।
३०. बसन्त बहादुर कुँवर — ३० औं महानिरीक्षक (२०७९ चैत–२०८१ चैत्र)।
३१. दीपक थापा — ३१ औं महानिरीक्षक (२०८१ चैत्र–२०८२ भदौ)।
३२. चन्द्रकुवेर खापुङ — हालका (३२ औं) महानिरीक्षक (२०८२ भदौदेखि)।



