महोत्तरी । महोत्तरीको बर्दिबासमा मिनीट्रकको छतमा ‘फल्स बटम’ (नक्कली तला) बनाई लुकाएर अवैध रूपमा ओसारपसार भइरहेको ४५४ किलोग्राम गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको विशेष प्रहरी टोलीले बर्दिबास नगरपालिका–३ क्षेत्रमा शङ्कास्पद अवस्थामा रहेको बा ४ ख ५६९२ नम्बरको मिनीट्रक रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–३ निवासी २६ वर्षीय विश्व तामाङ रहेका छन्। प्रहरीका अनुसार सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ आउँदै गरेको मिनीट्रकको छतमा विशेष प्रकारको फल्स बटम तयार गरी ६० वटा पोकामा गाँजा लुकाएर ओसारपसार गरिएको थियो।

प्रहरीले घटनास्थलबाट ४५४ किलोग्राम गाँजा, बा ४ ख ५६९२ नम्बरको मिनीट्रक, सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) तथा एक थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय