नेपाल अहिले राजनीतिक अस्थिरता जनदृष्टिको निराशाको दौरमा फसेको छ। संस्थागत सुधार दीर्घकालीनविकास अपेक्षित भए तापनि, वास्तविक उपलब्धि हासिल हुन सकेको छैन। यस्तो बेला अभिव्यक्ति, ऊर्जा अनुभव जोडिएको नयाँ राजनीतिक गोलबन्धन अपरिहार्य बनेको छ।

समसामयिक आर्थिक परिस्थिति (तथ्याङ्कीय पाटो):

बेरोजगारी दर: नेपालमा बेरोजगारी दर २०२४ मा १०.७ % पुगेको , जुन २०२३ को तुलनामा थोरै वृद्धि हो।

जिडिपी वृद्धिदर: आर्थिक वृद्धिदर अपेक्षाकृत सुस्त रहेको संयुक्त राष्ट्रका अनुमान अनुसार २०२४/२५मा यो३.१०% , २०२५/२६ मा सम्भावित ४.0% हुनेछ।

मुद्रास्फीति आर्थिक स्वतन्त्रता: नेपालको आर्थिक स्वतन्त्रता सूचकांक २०२५ मा ५२.५ रहेको , जुनविश्वव्यापी तुलना गर्दा मध्यमस्वतन्त्र वर्गमा पर्छ।

भ्रष्टाचार: Transparency International को २०२४ को CPI अनुसार नेपालले ३४/१०० प्राप्त गरी १८० राष्ट्रमध्ये १००औं स्थान ओगटेको वातावरणमा रहेको औसतभन्दा कम, तर अत्यन्त खराब पनि होइन।लोकतन्त्र आर्थिक गतिविधिका लागि भ्रष्टाचार एक गम्भीर चुनौती बनेको छ।

नयाँ नेतृत्व गोलबन्धन आवश्यकताको तार्किक विश्लेषण!

पुराना दलहरूबाट मोहभंग भएका जनता नयाँ ऊर्जा चाहिरहेका छन्। यसैबीच, रवि लामिछाने बालेन्द्र साह(बालेन) जस्ता नयाँ पुस्ताप्रतिको  जन आकर्षण स्पष्ट देखिएको छ।

बालेन:  बालेन्द्र (बालेन) साह काठमाडौं महानगरपालिकाका मेयर बनेपछि वैकल्पिक नेतृत्वको उदाहरण बनेका छन्।युवावर्गमा लोकप्रिय बालेन इमानदार, सीधासापटा कार्यकुशल नेताका रूपमा चिनिन्छन्। विकास, सफाइ प्रणाली सुधारमा सक्रिय भए पनि राजनीतिक घेराबन्दी उनका लागि चुनौती बनेको छ। अवसर कठिनाइबीचबालेन अझै आशाको प्रतीक मानिन्छन्।

काठमाडौं महा नगरपालिकामा देखाएको व्यावहारिक नेतृत्त्व, स्पष्टता, सुशासन सम्बन्धी अभ्यासका कारणअहिले  बालेन जनताको  आशाको केन्द्रमा छन।

रबि लामिछाने: उनी  पत्रकारिताबाट राजनीतिमा प्रवेश गरी वैकल्पिक शक्ति निर्माण गर्ने नेताको रूपमा उदाएका छन्।वाकपटुता, परिवर्तनप्रतिको प्रतिबद्धता युवामाझको लोकप्रियता उनका विशेषता हुन्। सहकारी प्रकरणलेचुनौती थपे पनि कानुनी प्रक्रियामा भरोसा राख्दै अगाडि बढेका छन्। अवसर चुनौतीबीच उनी अझै पनिपरिवर्तनकारी नेतृत्वको प्रतीक मानिन्छन्। तर उनलाई सरकारले अहिले सहकारी ठगी प्रकरणमा अनुसंधान गर्नेभन्दै संगठित अपराध मुद्दा दायर गराएर अदालत को आदेशले पुर्पक्षका लागि थुनामा छ्न, जुन कुरालाई उनले  प्रतिशोध बताएका छन भने जनताले समेत उक्त कुरामा लय मिलाएको देखिन्छ।

तर, यी याबत कुराको बाबजुद राष्ट्रिय स्तरमा दीर्घकालीन नीति, संस्थागत अभ्यास अनुभव को कमी उनी उनको दलको लागि  अहिले सबै भन्दा ठुलो चुनौती  हुन।

प्रस्तावित नयाँ गोलबन्धन नेतृत्वको सवाल —

डा. बाबुराम भट्टराई— वर्तमान वैकल्पिक आन्दोलनका जनक नै  बाबुराम भट्टराई हुन् भन्दा फरक पर्दैन माओवादी आन्दोलन बाटसंविधान निर्माण पश्चात् बैकल्पिक राजनीतिको शन्खघोश गर्न उनले नयाँ शक्ति पार्टी को स्थापना गरे।

  माओवादी आन्दोलनमा पार्टीले गरेका कतिपय कमजोरीका कारण उनी आलोचनाका सिकार भए पनि जुन कुरालाई उनले आत्मालोचना गर्नु पनि पर्छ, जुन  उनले आत्मालोचना  गरेको पनि देखिन्छ ।उनी  प्रधानमन्त्रीसम्म, संविधान निर्माण एबम  आर्थिक योजनामा रणनीतिक भूमिका रहेको उनको बिकाशमा नयाँ दृस्ठिकोण कैकारण अहिले पनि काठमाडौका जनताले खुल्ला फराकिला बाटोमा हिड्न पाएका छन भने अन्तर्राष्ट्रियहिसाबले उनको बिज्ञता थोरै मद्येमै पर्दछ। तर हाम्रो बिडम्बना उनै बाबुराम पार्टीको हिसाबले सानो समुहमाखुम्चाइन पुगेका छ्न।तर पनि नेपाल को सन्दर्भमा उनको बिज्ञताको भरपुर उपयोग हुन नसके बाट  उनको नेतृत्वअझै आवश्यक छ।

बालेनरवि

नयाँ पुस्ताको ऊर्जा जनलगाव बिस्वास जित्न सफल ब्यक्तिहरुको रुपमा अहिले जनजनको मनमा बस्नसफल देखिन्छ्न। पुराना राजनितिक दल बाट वाक्क भएका जनताका लागी राजनीति सुधार्ने देश विकास कोआश जगाउने बैकल्पिक राजनितिको केन्द्र बनेका छ्न यी  दुई पात्र।

अहिले पनि पुराना दलहरु बाट चन्द्र भण्डारी,विश्व प्रकाश शर्मा , सुनिल शर्मा , जनार्दन शर्मा, सुदन किराँती,घनश्याम भुसाल, सुरेन्द्र पान्डे, युबराज ज्ञावलि , भिम रावल  जस्ता नेताहरु प्रगतिशील प्रवृत्ति ईमानदार छविभएका नेताहरूलाई समेत जनताले संगै देख्न चाहन्छन यस्ता पात्र बाट समेत नयाँले शिक्षा लिदै हातेमालो गर्न तयार रहन  सक्नु पर्दछ 

आफ्नो छुट्टै पहिचान बनाइरहेका नेत्रविक्रम चन्द (विप्लव) पनि न्याय समानताको पक्षमा दृढ आवाज उठाउनेनाम हो भने उनले कृषिको माध्यम बाट कसरी आत्मनिर्भर रहनु पर्दछ भनी अनुपम उदाहरण दिदै गर्दा यस्तापात्रहरु बाट समेत नयाँले उदाहरण लिनु पर्दछ।

नयाँ गोलबन्धनले प्रदान गर्नसक्ने लाभहरू:

. विस्थापित पुराना संरचनाबाट छुटकारा: जनताका निराशालाई नयाँ आशामा परिणत गर्ने क्षमता।

. अनुभव ऊर्जा मिलन: डा. भट्टराईको नीतिदृष्टि नयाँ पुस्ताको सक्रियता सम्मिलित सन्तुलित अभ्यास हुनसक्ने।

. समानुपातिक प्रतिनिधित्व समावेशी शक्तिशाली गठबन्धन।

. दीर्घकालीन स्थिरता विकासको आधार: एक कार्यकाललाई स्थिर नेतृत्वको मैदान बनाउनु, त्यसपछि नयाँपुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न डा भट्टराईको नेतृत्व आबस्यक छ।उनको नेतृत्वमा गठन हुने सरकारमासम्बन्धित क्षेत्रका बिज्ञहरु महाबिर पुन , बिजय लामा ,  सर्बेन्द्र खनाल ,कुलमान घिसिङ्ग, , सन्दुक रोइत , भगवान कोइराला , रामेश कोइराला जस्ता प्रवृत्ति बोकेका जनतामा आशा भरोसा जगाउने  ब्यक्तित्व  सम्मिलितसरकार बन्न्न सक्यो भने मात्र देशले छिट्टै फड्को मार्नेछ भने त्यस पछि रबि बालेन जस्ता युबाले त्यसलाईनिरंतरता दिदा तब मात्र देशले परिपक्क नेतृत्व प्राप्त गर्न सक्ने छ्न ।जसको कारण देशले दीर्घकालीन रुपमारणनीतिक फड्को मार्न सक्नेछ  देश विकसित सम्पन्न बन्ने  चरणमा पुग्नेछ। अब आम  नेपालीको चाहना  सायद यस्तै भिजन सहितको देश निर्माणमा उल्लेख्य भुमिका  निर्भाह गर्ने सामर्थ्य भएको नेतृत्व को खोजी भैरहेको  भन्ने बुझिन्छ।

निष्कर्ष :—

वर्तमान अवस्थामा नेपालको परिवर्तन चाहना केवल सत्ता परिवर्तन होइन, मूल्य, दृष्टि संरचनामा नयाँ मोड हो।त्यसैले, एक कार्यकाल डा. भट्टराईको नेतृत्व आवश्यक छ।अनुभव, दृष्टि राष्ट्रिय रूपान्तरणको खाका बोकेको पुराना दलहरुबाट समेत जनबिस्वास भएका उल्लेखित अनुभव प्राप्त नेता सहित

बालेन रवि जस्ता नयाँ पुस्ता गोलबन्धनमा समावेश हुनुपर्छऊर्जा, पारदर्शिता जनसम्पर्कका लागि। प्रगतिशील पुराना दलका नेताहरू, सामाजिक न्यायका अगुवा सम्मिलित गरेर विस्तृत लोकतान्त्रिक गठबन्धनबनाउनु अब को अपरिहार्य आबस्यकता छ।

नेपालले यदि छिट्टै काचुली फेर्न चाहन्छ भने, डा. बाबुराम भट्टराईको नेतृत्वमा, नयाँ पुस्ता प्रगतिशील नेताहरूसमेटिएको वैकल्पिक गोलबन्धन नै अबको  उत्तम बाटो हो।तसर्थ आम जनताले यस्ता विषयमा झक्झक्याउनसकियो भने मात्र हाम्रो देशले सन्तुलित दीर्घकालीन रणनीतिक बिकाश गर्न सक्ने ।अबको नेपालीहरुको  जनअपेक्षा यस्तै हो भन्ने बुझ्न गार्हो छैन।यस्ता जन अपेक्षालाई बुझ्दै तततत ब्यक्तीहरु नेतृत्व गर्न गोलबन्द हुन अबढिलो गर्नु हुदैन।

लेखक — नेपाल प्रहरीका पूर्व डिएसपी तथा अधिवक्ता गोबिन्द पन्थी।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय