
काठमाडौं । महिला प्रहरीको क्षमता सबलीकरण र महिलामैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गरेको छ । दुई दिने सम्मेलनको बिहीबार प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन् ।
सम्मेलनमा महिला प्रहरी चैत्यमाया डंगोललगायतलाई सम्मान गरिएको छ । देशभरिबाट करिब दुई सय महिला प्रहरी सहभागी भएका सम्मेलनलाई लैंगिक समानता र लैंगिक न्यायलाई मूल प्रवाहमा ल्याउने उद्देश्यले आयोजना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यक्रम अन्तर्गत अनुभव आदान–प्रदानदेखि प्यानल छलफलसम्मका गतिविधि रहनेछन् । नेपाल प्रहरी लैंगिक नीति ०८१ कार्यान्वयनको क्रममा यो सम्मेलन आयोजना गरिएको प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिए ।



