चितवन । चितवनको एक होटलबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल को अवैध कारोबारमा संलग्न सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक भारतीय नागरिक समेत रहेका छन्।

जिल्ला प्रहरीका अनुसार भरतपुर–९, धौलागिरी थकाली भान्सा घर एण्ड लजबाट पक्राउ परेकाको साथबाट १,७४० पत्ता (प्रत्येकमा १० क्याप्सुल) गरी १७,४०० क्याप्सुल बरामद गरिएको छ।

पक्राउ पर्नेहरू अनिष श्रेष्ठ (२४), माडी नगरपालिका–१, शान्ति गुरुङ, कालिका नगरपालिका–५, विनायक तामाङ (२१), ठोरी गाउँपालिका–२, सूर्य लामा (२५), ठोरी गाउँपालिका–२ , प्रदीप लामा (१८), ठोरी गाउँपालिका–२, प्रदीप न्यौपाने (२४), ठोरी गाउँपालिका–२ र आर्यन कुमार (२४), चम्पारण, भारतरहाको प्रहरीले जनाएको छ ।

मंगलबार पक्राउ परेका उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुर मा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय