
काठमाण्डौं— प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को जिम्मेवारी तोक्दै ९ एसपीको सरुवा गरेको छ। गत साता बढुवा भएका एसपीलाई पदस्थापन गरिएको हो।
त्यसक्रममा, बर्दियामा सरोज पौडेल, धादिङमा भेषराज रिजाल, तनहुँमा टेकबहादुर कार्की क्षेत्री र उदयपुरमा राजन चापागाई पठाइएका छन्। बर्दिया र धादिङका एसपी पद रिक्त रहेका थिए भने तनहुँ र उदयपुरका एसपीको कार्यकाल एक वर्ष पूरा भएकाले सरुवा गरिएको हो।




