काठमाण्डौं— आफूलाई बासी खाना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक(डिएसपी) माधवराज खरेलले भान्छेलाई भकुरेका छन् आफ्नै क्वार्टरमा खाना पकाउने शंकर कार्कीलाईकुटपिट गरी जागिरबाट बर्खास्तसमेत गराइएको खुल्न आएको पीडित कार्कीले मिडिया मानवअधिकारकर्मीहरूलाई न्यायका लागि गुहार गरेपछि घटना सार्वजनिक भएको

पीडित कार्कीका अनुसार गत बिहीबार दिउँसो बजे डिएसपी खरेल क्वार्टरमा लञ्चका लागि आइपुगेका थिए उनी पुग्नुभन्दा अगाडि भान्छे कार्कीले तीनजना प्रहरी निरीक्षकलाई मिष्ठान्न भोजन गराइसकेका थिए धर्मकर्ममाविश्वास राख्ने डिएसपीका लागि भने सचेततापूर्वक चोखो अर्थात् लसुनप्याज प्रयोग नगरी फरक भाँडाकुडाप्रयोग गरेर रोटीतरकारी बनाइएको बताइन्छ  

तर डिएसपीले बिहान बजे बनाइएको बासी रोटी दिएको आरोप लगाउँदै एक्कासी अश्लील शब्द प्रयोग मुक्काप्रहार गरेको कार्कीको भनाई मुक्कामाथि मुक्का वर्षिन थालेपछि कार्कीले आत्मरक्षाका लागि रोक्ने प्रयासगरे आफ्नो हातमा रहेको ट्रेले मुक्का छेक्न खोज्दा सो ट्रे फुटेर डिएसपीको काँधमा चोट लागेको उनको दाबी  

त्यसपछि के चाहियो ?’ दुःखी हुँदै कार्की भन्छन्, ‘डिएसपी सापले पशुलाई झैं चुट्न थाल्नुभयो कुटपिटपछिपनि भाँडा माझ्दै गर्दा उल्टै प्रहरी निरीक्षक रुपेश शाह पुगेर थप कुटपिट गर्दै हिरासतमा पुर्याएको कार्कीको भनाई

भोलिपल्ट साउन २३ गते, पीडित कार्कीको घरमा आमाको मासिक श्राद्ध थियो सो दिन श्राद्धका लागि घरनगएपछि परिवारले खोजी गर्दा कुटपिटपछि हिरासतमा राखिएको विभागीय कारबाहीको नाममा भेट्नसम्मनदिएको पीडितकी भाउजू सपना कार्कीले बताइन्

पीडित परिवार आफन्तले आज प्रहरी कार्यालयमा छलफल गर्ने तयारी गरेका थिए तर छलफलअघि नै बिहान१० बजे कार्कीलाई नेपाल प्रहरी विशेष सुरक्षा गुल्म, रातोमाटेमा दरबन्दी रहे पनि, हेलम्बु हुँदै जिल्ला प्रहरीकार्यालयमा कार्यरत रहँदाअनुशासनहीन कार्यको आरोपमा बर्खास्त पत्र थमाइयो

पीडित कार्कीले आफू निर्दोष रहेको घटनाको सत्यतथ्य बुझ्न सीसीटीभी फुटेज जाँचको माग गरेका छन् डिएसपी खरेल विभागीय कारबाही भन्दै पन्छिएका छन् नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले उक्तघटनाबारे जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन्

(जनआस्था बाट )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय