
रोल्पा — कर्तव्यज्यान मुद्दामा १५ वर्षदेखि फरार रहेका गंगादेव गाउँपालिका–६ झाझरखोला निवासी ६४ वर्षीय मनबहादुर वली पक्राउ परेका छन्।
रोल्पा जिल्ला अदालतले २०६८ साल वैशाख १५ गते वलीलाई कर्तव्यज्यान मुद्दामा तीन वर्ष कैद सजायको फैसला गरेको थियो। फैसला कार्यान्वयन हुनुअघि नै फरार रहेका उनलाई २०८२ साउन २४ गते बिहान करिब १०:३० बजे इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरी टोलीले निजकै घर वतनबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरी निरीक्षक देवसिंह भण्डारीको कमाण्डमा गरिएको पक्राउ अभियानपछि वलीलाई २०८२ साउन २५ गते जिल्ला अदालत रोल्पामा पेश गरिई कैद भुक्तानका लागि सोही दिन जिल्ला कारागार रोल्पा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिए।



