विराटनगर —आर्थिक वर्ष ०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गतका सुरक्षा निकायहरूले तस्करीविरुद्धको अभियानलाई तीव्र बनाउँदै ८९ वटा सवारीसाधन र ८५ जना तस्करलाई पक्राउ गरेका छन्। यस अभियानमा २० करोड ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

प्रदेश प्रहरीको विवरणअनुसार, जिल्ला अनुसार बरामद गरिएका भन्सार छलीका सामग्रीको मूल्य यस्तो छ:

  • झापा: ७ करोड ३ लाख
  • मोरङ: ५ करोड ५६ लाख
  • सुनसरी: ४ करोड २३ लाख
  • ताप्लेजुङ: १ करोड ४ लाख
  • उदयपुर: ९६ लाख
  • इलाम: ७० लाख रुपैयाँभन्दा बढी

कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार भन्सार छली, चोरी तथा तस्करी नियन्त्रणमा विगत वर्षहरूभन्दा यो वर्ष उल्लेखनीय प्रगति भएको छ।

उनले भने, “खुला सिमानाका कारण भन्सार छली र चोरी–तस्करीका घटना बढ्दै गएका छन्। त्यसैले हामीले प्रमुख नाकाहरूमा चेकजाँच कडा बनाएका छौँ, सुरक्षा सञ्जाल बलियो बनाएका छौँ — त्यसैले राम्रो नतिजा देखिएको हो।”

तस्करी नियन्त्रणमा प्रविधिको प्रयोग, सूचनाको गोप्य निगरानी, तथा नियमित चेकजाँच प्रभावकारी बनाइएकाले सुरक्षा सफलता बढेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

प्रमुखरूपमा भारतसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरी जिल्लामा बढी चोरी–तस्करीका घटना हुने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय