काठमाडौं, साउन ६ । काठमाडौं महानगरपालिका–२६, ज्याँठामा अवस्थित होटलबाट दुई केजी सुन र नगद २४ लाख रुपैयाँसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको सिचुवान प्रान्तका ४६ वर्षीय छुनलिन थान र २४ वर्षीया स्युएमि चौ रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले ज्याँठास्थित च्यौ तिङ य्वान पिन क्वान होटल बाट नियन्त्रणमा लिएको हो।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार, प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय