महोत्तरी — नेपाल प्रहरीका मधेश प्रदेश कार्यालयकी प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको स्थलगत निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलसहित त्रुटीरहित र नागरिकमैत्री सेवा प्रवाहमा सक्रिय रहन निर्देशन दिनुभएको छ।

निरीक्षणका क्रममा डीआईजी चतुर्वेदीले महोत्तरीमा हाल भइरहेको अपराध नियन्त्रण, अनुसन्धान, शान्ति-सुरक्षाको अवस्था, चुनौतीहरू तथा तीविरूमा प्रहरीले गरेको प्रयासबारे अवलोकन गर्नुभएको थियो। साथै, मधेश प्रदेश अन्तर्गतका प्रहरी इकाइहरूबाट प्रदान भइरहेका सेवा तथा सुरक्षाका पक्षहरूबारे समेत समग्र मूल्याङ्कन गर्न उहाँले निरीक्षण गर्नुभएको हो।

उहाँले निर्देशन दिँदै भन्नुभयो, “जस्तोसुकै विषम परिस्थिति आए पनि विचलित नभई समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा अहोरात्र समर्पित रहनु नेपाल प्रहरीको गौरवपूर्ण परम्परा हो। प्रत्येक प्रहरी कर्मचारीले आफ्नो कर्तव्यप्रति इमानदार रहनु आवश्यक छ।”

डीआईजी चतुर्वेदीले प्रहरी संगठनले तय गरेका नीति, प्राथमिकता र कार्ययोजनाहरूलाई दृढताका साथ कार्यान्वयन गर्दै सेवा प्रवाहलाई परिणाममुखी बनाउनु पर्नेमा पनि जोड दिनुभयो। उहाँले अपराध नियन्त्रण, छिटोछरितो अनुसन्धान र नागरिकसँगको विश्वासको सम्बन्ध सुदृढ गर्दै थप चुस्त र प्रभावकारी सेवा दिन निर्देशन दिनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय