काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले एक वर्ष कार्यकाल पूरा गरेका डीएसपीहरूको कार्यसम्पादन मूल्यांकनपछि काज सरुवा गरेका हुन्।

सरुवा भएका मध्ये केही जिल्लाका प्रहरी प्रमुखहरू समेत फेरिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओमप्रकाश खनाल, र बझाङमा खगेन्द्र धमलाको काज सरुवा गरिएको छ।

त्यसैगरी, कास्कीको पोखरा–६ स्थित वडा प्रहरी कार्यालय बैदाममा नवराज भट्टराई, मोरङको इलाका प्रहरी कार्यालय पथरीमा तुल्सीराम अर्याल, र चन्द्रपुरको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा रुपा लावुङलाई काज गरिएको छ।

सिंहदरबार सुरक्षा गणमा डीएसपी सिद्दी न्यौपानेले प्रवेश पाएका छन्। १५ महिनासम्म उक्त गणमा कार्यरत रहेका डिएसपी दिनेश घिमिरेलाई बालबालिका खोजतलास महाशाखा, भृकुटिमण्डप सरुवा गरिएको छ।

यस्तै, भोजपुरमा कार्यरत डीएसपी युवराज तिमल्सिनालाई सशस्त्र प्रहरी गण नम्बर–१, नक्सालमा सरुवा गरिएको छ।

उनीहरूसहित विभिन्न इकाई र जिम्मेवारीमा रहेका गरी कुल २० जना डीएसपीको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय