
काठमाडौँ । ८ वर्षीया बालिकामाथि बला*त्कार गरेको आरोपमा नेपाली सेनाका एक हवल्दार पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति ३७ वर्षीय दिपक राउत हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार राति उनलाई नागार्जुन नगरपालिका–२, तल्लो टौखेल क्षेत्रबाट पक्राउ गरेको हो। राउतको स्थायी ठेगाना भक्तपुरको चाँगुनारायण नगरपालिका हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसपी अपिलराज बोहराका अनुसार, राउत नेपाली सेनाको शमशेर दल गण, कपिलवस्तु (गोरूसिंगे) मा कार्यरत छन्।
उनमाथि बालिकामाथि बलात्कार गरेको गम्भीर आरोप रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



