सिरहा, असार २८ – सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट प्रहरीले ठूलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ पर्ने व्यक्ति २३ वर्षीय राम उदगार मलाह हुन्। उनलाई विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोकेको अवस्थामा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले प्र.२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलमा सवार मलाहलाई चेकजाँच गर्दा सातवटा पोका फेला पारेको थियो। ती पोकामा कुल २१२ किलो ९२५ ग्राम गाँजा रहेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले सो गाँजा बरामद गरेको हो।

प्रहरीलाई देख्नासाथ घटनास्थलबाट मोटरसाइकलमा रहेका अन्य केही व्यक्ति भने फरार भएको बताइएको छ। फरार रहेका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय