कपिलवस्तु – काठमाडौँबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–९ स्थित सडकखण्डमा लु.प्र. ०२–००१ ख ००४५ नम्बरको बस बिहान करिब ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।

बसमा ३० जना यात्रु सवार रहेका थिए। दुर्घटनामा परेका २९ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी सञ्जीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा प्राथमिक उपचारका लागि पठाइएको र केहीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको अधिकारीले बताए।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, २० जनाको अवस्था मध्यम, र ६ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय