काठमाडौँ । भारतको बेंगलुरुस्थित एक घरमा चोरी गरेर फरार भएका दुई नेपाली नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू कालीकोटको नरहरिनाथ गाउँपालिका–२ निवासी ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्ट हुन्।

उनीहरूले भारतको बैंगलोरस्थित एस. रमेश बाबुको घरमा काम गर्नेक्रममा २०२५ मे २८ मा चोरी गरेका थिए। भारतीय प्रहरीबाट प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै कैलाली प्रहरीले दुवैलाई पक्राउ गरेको हो।

कैलालीका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाका अनुसार अनुसन्धानका क्रममा ती दुवैले चोरीका गरगहना कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको खुल्न आएको छ।

पक्राउ परेकाहरूको साथबाट निम्न परिमाणका सामानहरू बरामद गरिएको छ:

  • सुनजस्तो देखिने ९ थान चुरा
  • सुनजस्तो देखिने ४६४ ग्राम वस्तु
  • सुनजस्तो देखिने साना–ठूला २३ थान टुक्रा
  • शुद्ध सुन २१६ ग्राम
  • चाँदी ४०० ग्राम
  • नगद ४४,१२१ भारतीय रुपैयाँ
  • १२,९२,३२० नेपाली रुपैयाँ
  • अन्य विदेशी मुद्राहरू १५,४६५ बराबरका

बरामद गरिएका सामग्रीहरू बिहीबार स्थानीय जनप्रतिनिधिको रोहबरमा पीडित रमेश बाबुलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। यस घटनासँग जोडिएका केही अन्य व्यक्ति भने अझै फरार छन्, र खोजी कार्य जारी रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय