काभ्रे — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन गरेका छन्।

अनुगमन कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी, केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी चन्द्र कुबेर खापुङ, मानवस्रोत विकास विभागका एआईजी दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका एआईजी, नेपाल प्रहरी भौतिक पूर्वाधार निर्देशनालयका डीआईजी फणिन्द्र बराल, भारतीय दूतावास काठमाडौंका First Secretary नारायण सिंह, Central Public Works Department (CPWD) का परामर्शदाता इञ्जिनियर तथा निर्माण व्यवसायी ACIL–RCPL JV का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्माण व्यवसायीको तर्फबाट हालसम्मको कार्य प्रगतिबारे जानकारी प्रस्तुत गरिएको थियो भने परियोजनासम्बन्धी थप मार्गनिर्देशनहरू प्रदान गरिएको थियो। प्रमुख अतिथि आईजीपी थापा, कार्यकारी निर्देशक गिरी तथा First Secretary नारायण सिंहले छोटो मन्तव्य राख्दै परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सुझाव र मार्गदर्शन पनि दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय