सर्लाही — जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तगर्त इलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायबनिरिक्षक (सई)  सुभाष यादवबेस्ट पुलिस अफ मन्थले सम्मानित भएका छन्।

असार महिनामा सर्लाही जिल्ला भरमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले यादवलाई योपुरस्कारले सम्मान गरेको हो। हरेक महिना जिल्ला प्रहरी कार्यालयले राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार विभागीय मूल्यमान्यता, आदेशनिर्देशनको पालना गरी व्यावसायिक, लगनशील कर्तव्यनिष्ठ तवरले कार्य गर्दै  अपराध नियन्त्रण, अनुसन्धान, उद्धार कार्य तथा सीमावर्ती अपराध नियन्त्रणमा उल्लेखनीय कार्य प्रदर्शन गरेका आधारमा यो निर्णय गरिएकाले असार महिनाको पुरस्कार यादवलाई दिइएको सुराक्षा सरोकारलाई बताए।

सीमा अपराध नियन्त्रणदेखि मानव उद्धारसम्म सक्रिय योगदान —

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उत्कृष्ट प्रहरी छनोट समितिले गरेको मूल्यांकनमा प्र.ना.नि. यादवले समग्र जिल्लामा अपराध नियन्त्रण, अनुसन्धान, उद्धार कार्य तथा सीमावर्ती अपराध नियन्त्रणमा उल्लेखनीय कार्य प्रदर्शन गरेका आधारमा यो निर्णय गरिएको जनाएको छ । उत्कृष्ट प्रहरी छनोट समितिको मूल्यांकनका प्रमुख उपलब्धिहरूः

सीमावर्ती अपराध नियन्त्रण:—

भारतको बिहार राज्यअन्तर्गत सोनबर्षा थानाको समन्वयमा नक्कली नेपाली रूपैयाँ रु १००० दरले १७६ थानसहित ५ जना तथा सोही दिन थप २० थान नक्कली नोट, १ नलकटुवा पेस्तोल र १० राउण्ड गोलीसहित २ जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल।

मानव तस्करीविरुद्ध कडा कदम:—

भारतको बसतपुरमा बन्धक बनाई राखिएका बागमती नपा–१० का १८ वर्षीय शेख जयसको सकुशल उद्धार गर्न सफल ।

लागूऔषध नियन्त्रण:—

१० किलो गाँजासहित २ जना पक्राउ। साथै Winrex 100 ml औषधिसहित मोहन खत्री र उनकी पत्नी पक्राउ। यति मात्र नभई घरमै गाँजा पुरिया बनाई बेचिरहेको अवस्थामा १६ किलो गाँजासहित मानबहादुर पक्राउ गर्न सफल ।

राजस्व छली नियन्त्रण:—

विभिन्न मितिमा करिब रु ४ करोड ३६ लाख बराबरको अवैध सामान (कबाड, लहसुन, इलेक्ट्रोनिक्स, हार्डवेयर, रबर, सुपारी, मेडिसिन, मेसिन आदि) सहित १० ट्रक पथलैया भन्सार पठाइएको।

काजु तस्करी नियन्त्रण:—

भुसमा लुकाई दुबई लैजान लागिएको ८२० केजी काजु, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैया राजश्व कार्यालय पठाइएको।

बाल उद्धार तथा मानवअधिकारमा चासो:—

भारतबाट अहिले सम्म २९ जना बालबालिकाको उद्धार, जसमध्ये असार महिनामा मात्र  ४ जना तत्काल उद्धार गरी नेपाल ल्याइएको।

फरार अभियुक्त पक्राउ:—

जघन्य अपराधका विभिन्न मुद्दामा फरार रहेका १८२ जना प्रतिवादीलाई पक्राउ गरी अदालती प्रक्रियामा पठाइएको।

समाजमा संवेदनशीलता:—

घरेलु हिंसा, बालबालिका हराउने मुद्दा तथा ठाडो उजुरीका विषयमा लैङ्गिक संवेदनशीलताका साथ कार्य गर्दै प्रहरी संगठनको छवि उच्च राख्न प्रभावकारी भूमिका निर्वाह।

यसका साथै, गत वर्ष उनलाई तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरद्वारा ‘उत्कृष्ट अनुसन्धानकर्ता’को उपाधि प्रदान गरिएको थियो। प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको कर्तव्यनिष्ठता र अनुसन्धान क्षमताले न केवल नेपाली सुरक्षावृत्तमा, तर अन्तर्राष्ट्रिय स्तरमा समेत ध्यान आकर्षित गरेको छ।

उनको सक्रियता र सफल अनुसन्धान अभियानहरूलाई लिएर भारतका विभिन्न सञ्चारमाध्यमहरूले समेत समाचार प्रकाशन गरेका छन्। विशेषगरी **भारतको चर्चित दैनिक ‘भास्कर न्यूज’**लगायत मिडियाले विभिन्न समयमा उनको कामको प्रशंसा गर्दै समाचार कभरेज गरेको पाइएको छ।  यसबाट स्पष्ट हुन्छ कि सई यादवको कार्यशैली सीमापार अपराध नियन्त्रण तथा मानव तस्करी विरुद्धको लडाइँमा प्रेरणादायी उदाहरण बन्न पुगेको छ।

प्र.ना.नि. सुभाष यादवद्वारा देखाइएको इमान्दारिता, सक्रियता र समाजप्रतिको उत्तरदायित्वलाई उच्च मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय, सर्लाहीका कार्यालय प्रमुख योगेन्द्र खड्काले २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरी घोषित गर्न सिफारिस गर्नुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय