
कोहलपुर—बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
उद्धार गरिएकाहरूमा सोही स्थानका ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन्। गाईवस्तु चराउन गएका उनीहरू एक्कासी आएको बाढीका कारण नदीको बीच टापुमा फसेका थिए।

घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको टोलीले उनीहरूलाई बुधबार सुरक्षितरूपमा उद्धार गरेको हो। हाल तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।



