चितवन, भरतपुर — बाढीमा फसेकाहरूको उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव त्रिशूली नदीमा फेला परेको छ।

भरतपुर महानगरपालिका–२९ स्थित १५ किलोमा मंगलबार त्रिशूली नदीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार मृतक श्रेष्ठ रामेछाप जिल्लाको तामाकोशी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन्। उनी हाल रसुवाको प्रहरी चौकी हाकुमा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।

श्रेष्ठ असार २४ गते बिहान रसुवा क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीमा फसेका नागरिकहरूको उद्धारका लागि खटिएका थिए। उद्धार कार्यका क्रममा उनी बेपत्ता भएका थिए।

फेला परेको शवको अवस्था दुःखद छ। डीएसपी खनालका अनुसार शवको दाहिने खुटाको घुँडादेखि तलको भाग छैन भने बायाँ खुट्टामा बुट लगाएको अवस्थामा भेटिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय