
काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा सम्पन्न पाँचौँ United Nations Chiefs of Police Summit (UNCOPS) 2026 मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेल स्वदेश फर्कनुभएको छ।
महानिरीक्षक पौडेललाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ सशस्त्र प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो।

संयुक्त राष्ट्रसंघको आयोजनामा सम्पन्न उक्त समिटमा विश्वका विभिन्न मुलुकका प्रहरी संगठनका प्रमुखहरूले शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तथा समकालीन सुरक्षा चुनौतीका विषयमा छलफल गरेका थिए। नेपालका तर्फबाट सशस्त्र प्रहरी बलको नेतृत्व गर्दै महानिरीक्षक पौडेलले समिटमा सहभागिता जनाउनुभएको हो।




