
काठमाण्डौं। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख (एसएसपी) नवराज अधिकारीले आज ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा एसएसपी अधिकारीले सडकमा खटिने ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ अनुशासित र सेवामुखी भएर काम गर्न निर्देशन दिएका छन्। उनले कोटेश्वर जस्तो व्यस्त चोकमा सवारी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन तथा दुर्घटना न्यूनीकरणका लागि थप सक्रिय भूमिका निर्वाह गर्न कर्मचारीहरूलाई विशेष निर्देशनसमेत दिएका छन्।




