काठमाडौं —नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण अभियान–२०२५ मा सहभागी भई उच्च सफलता हासिल गर्ने नेपाली सेनाका १५ जना सदस्यलाई जङ्गी अड्डामा आयोजित विशेष समारोहमा सम्मान गरिएको छ। नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले उनीहरूलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गर्दै सेनाको साहस, समर्पण र अनुशासनको उच्च प्रशंसा गरेका हुन्।

सम्मानित हुनेमध्ये १० जना कञ्चनजङ्घा शिखरमा पुग्ने आरोही सैनिक र ५ जना केन्द्र तथा बेस क्याम्पमा समन्वय गर्ने अधिकृत, पदिक तथा अन्य दर्जाका सैनिकहरू रहेका छन्।

प्रधान सेनापति सिग्देलले भने:हिमाल चढाइजस्तो कठोर जोखिमपूर्ण कार्यमा देखाइएको अनुशासन, साहस समर्पणनेपाली सेनाको गौरवको विषय हो। यसले अन्तर्राष्ट्रिय मञ्चमा समेत हाम्रो प्रतिष्ठा उच्च बनाएको छ।

यस संयुक्त अभियानको औपचारिक सुरुआत २०८१ चैत २१ गते भारतको नयाँ दिल्लीमा आयोजित Flag-Off Ceremonyबाट भएको थियो, जसमा भारतीय रक्षामन्त्री स्वयम् उपस्थित थिए। समापन समारोह (Flag-In) भने २०८२ जेठ १९ गते काठमाडौंको जङ्गी अड्डामा नेपालका रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अभियानले नेपाल–भारतबीचको सैनिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

संयुक्त नेपाली–भारतीय टोलीबाट १५ जना सदस्य (१० नेपाली र ५ भारतीय) ले ८,५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमाल सफलतापूर्वक आरोहण गरेका छन्।

यस सफलताले हिमाली पर्यटन प्रवर्द्धन, साहसिक खेलको विकास, र द्विपक्षीय सैनिक सहकार्यलाई समेत नयाँ उचाइ दिएको विश्वास लिइएको छ।

जङ्गी अड्डामा आयोजित सम्मान कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द तथा अन्य उच्चपदस्थ सैन्य अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय