गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार साँझ लु ३६ प ३६२७ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ निवासी ३४ वर्षीय लक्ष्मण थापा र ४५ वर्षीय गिरमानसिंह रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय