काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षक होत बहादुर रोका ‘उत्कृष्ट सामुदायिक प्रहरी’ पुरस्कारबाट सम्मानित भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत रोकालाई उक्त पुरस्कार प्रदान गरेको हो।

समुदायमा प्रहरी सेवाको प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउँदै नागरिक–प्रहरी सम्बन्ध सुदृढ गर्न पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको हो।

नेपाल प्रहरीको मूल आदर्श ‘सत्य सेवा सुरक्षणम्’ लाई आत्मसात् गर्दै उच्च व्यावसायिक कार्यदक्षता, जनमुखी सेवाभाव र निरन्तर समर्पण प्रदर्शन गरेबापत रोकालाई उक्त पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रोकालाई प्रदान गरेको सम्मानपत्रमा राष्ट्र र नागरिकको सेवामा थप प्रतिबद्धताका साथ कर्तव्यपथमा अघि बढिरहने विश्वास व्यक्त गर्दै उनको उत्तरोत्तर प्रगतिको कामनासमेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय