काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरी जवान सुरेन्द्रप्रसाद अवस्थी ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा प्रशंसापत्रबाट सम्मानित भएका छन्।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अवस्थीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

आफूलाई सुम्पिएको जिम्मेवारी त्रुटिरहित ढंगले सफलतापूर्वक सम्पादन गर्नुका साथै कार्यालय तथा समारोह व्यवस्थापनमा अतुलनीय योगदान पुर्‍याएको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।

कर्तव्य निर्वाहका क्रममा उत्कृष्ट कार्यदक्षता प्रदर्शन, व्यावसायिक निष्ठा कायम र निरन्तर समर्पणभावका साथ जिम्मेवारी पूरा गर्दै आएका अवस्थीको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र प्रदान गरिएको जनाइएको छ।

प्रहरी दिवसको अवसरमा प्रदान गरिएको यस सम्मानले प्रहरी संगठनभित्र जिम्मेवारीप्रतिको प्रतिबद्धता, अनुशासन, व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय